नेप्से सूचक १३ विन्दुले घट्यो, साढे ८ अर्बको शेयर कारोबार
३१ बैशाख २०८२, बुधबार १५:१९

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । यस दिन नेप्से सूचक १३.८४ विन्दुले घटेर २६२०.३९ अंकमा आएको छ । ८ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लागेको छ एउटा नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
लामो समयदेखि सेयर बजारले उचाई लिन नसकिरहेको देखिन्छ । आम लगानीकर्ताको मनोबल उकास्ने कार्यक्रम नआउँदा नेप्से अघि बढ्न नसकेको हो । गभर्नर नियुक्तिलाई निकै चासोका साथ हेरिरहेका लगानीकर्ताले वैशाख महिना सकिन लाग्दा पनि यसमा कुनै प्रगति नभएपछि थप निराश भएका छन् ।
केन्द्रीय बैंकमा गभर्नर पद रिक्त रहेको पनि १ महिनाभन्दा बढी समय भइसकेको छ । कामुको भरमा राष्ट्र बैंक चलेको छ । विभिन्न बाहना गभर्नर नियुक्ति प्रक्रियालाई पछाडि धकेलिंदै आएको अवस्था छ ।













