नेपाल धितोपत्र बोर्डद्धारा एक हाईड्रोपावरको शेयर बिक्री गर्न रोक

३१ बैशाख २०८२, बुधबार १८:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्डद्धारा बुटबल पावर कम्पनीले न्यादी हाईड्रोपावरको शेयर बिक्री गर्न रोक लगाएको छ । बोर्ड बुधबारले एक सूचना जारी गर्दै यस्तो रोक लगाएको हो ।

धितोपत्र बोर्डले जारी गरेको शेयर बिक्री गर्न रोक सम्बन्धी सूचना

बुटवल पावर कम्पनी लि। ले श्री न्यादी हाईड्रोपावर लि। को शेयर बिक्री गर्न लागेको सम्बन्धमा श्री बुटवल पावर कम्पनी लि। को मिति २०८२।०१।२४ को पत्रबाट कम्पनीको नाममा रहेको न्यादी हाईड्रोपावर लि। को ३१,००,००० कित्ता शेयर बिक्री गर्ने निर्णय भएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गरेको सम्बन्धी जानकारी बोर्डमा प्राप्त भएकोमा उक्त कम्पनीका सञ्चालकहरु न्यादी हाईड्रोपावर लि। मा समेत सञ्चालक रहेको देखिएकाले बुटवल पावर कम्पनी लि। ले न्यादी हाईड्रोपावर कम्पनी लि।को शेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम ९(क)विपरित हुने हुँदा सो सम्बन्धमा कम्पनीको धारणा सहित यथार्थ विवरण पेश गर्न र हाललाई उक्त शेयर बिक्री गर्ने कार्य स्थगन गर्न बोर्डबाट मिति २०८१।०१।३१ मा सूचीकृत संगठित संस्था श्री बुटवल पावर कम्पनी लि।लाई जानकारी गराइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*