आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण सहित पेश गर्न इप्पानलाई आग्रह

३१ बैशाख २०८२, बुधबार १८:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई आग्रह गरेको छ ।

बोर्डले नै निर्णय गरेर इप्पानलाई पठाएको औपचारिक पत्रमा कमिसन असुलका लागि बोर्डका कोही व्यक्तिमार्फत प्रयास गरिएको आरोपबारे तथ्यगत प्रमाण पठाउन भनिएको छ ।

इप्पानले पठाएको तथ्यगत प्रमाण र आधिकारिक धारणापछि संलग्नलाई सोही बमोजिम कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।

यसअघि आईपीओ स्वीकृतिका लागि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिँदै कसैले कमिसन लिन खोजेको भन्दै अख्तियारमा गुनासो परेको थियो । सोही गुनासोका आधारमा अख्तियारको एउटा प्रतिनिधि टोलीले बोर्डसँग यसबारे औपचारिक जानकारी समेत लिइसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*