प्रतिकित्ता ४२५ रूपैयाँमा स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१ जेष्ठ २०८२, बिहीबार ०६:२५

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

उक्त शेयरको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ निर्धारण गरिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाएर काठमाडौंको कमलपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट सो शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*