फरवार्ड माइक्रोफाइनान्सको साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
१ जेष्ठ २०८२, बिहीबार ०६:४६

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।













