होटल र हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
१ जेष्ठ २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज विभिन्न कम्पनीहरुको सात अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ ।
आज सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै आज राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँ, ङादी पावरको ३२ करोड रुपैयाँको कारोबार भएको छ ।














