राप्ती हाइड्रोको शेयर मूल्य समायोजन
६ जेष्ठ २०८२, मंगलवार ०८:४३

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मूल्य समायोजन गरेको हो।
कम्पनीको सोमबार कायम अन्तिम शेयर मूल्य ५४८ रूपैयाँ ८७ पैसाको आधारमा मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ ४४ पैसा तोकेको हो।
आज समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ।
यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ।













