एभरेष्ट बैंकको १३२औं शाखा सिन्धुलीमा

७ जेष्ठ २०८२, बुधबार ०८:०५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जेठ ५ गते सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा १३२औं शाखा कार्यालय विस्तार गरेको छ।

यससँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। सिन्धुलीमा नयाँ शाखाको विस्तारसँगै स्थानीयवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ।

नयाँ शाखा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा उद्धघाटन गरेका हुन्।

उद्घाटन समारोहमा वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरू लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो ।

समारोहमा मेयर पोखरेलले बैंकको उपस्थितीसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे।

साथै बैंकका अध्यक्ष वैद्यले शाखा कार्यालय सञ्चालनमा आएसँगै यहाँका वासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*