लाभांश घोषणा गरेका यी पाँच बीमा कम्पनीको सेयर खरिद गर्नेले अझै लाभांश पाउने

काठमाडौं । लगानीकर्तालाई लाभांश घोषणा गरेका पाँच बीमा कम्पनीको बुक क्लोज हुन अझै बाँकी छ ।
चार वटा जीवन बिमा र एउटा निर्जीवन बीमा कम्पनीको बुक क्लोज हुन बाँकी देखिएको हो ।
यी कम्पनीहरुमध्ये तीन वटाले बुक क्लोज मिति सार्वजनिक गरिसकेका छन् । दुई वटाको भने उक्त मिति सार्वजनिक हुन बाँकी छ ।
यी पाँच मध्ये एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति जेठ २२ गते रहेको छ ।
रिलायबल नेपालको जेठ २६ गते र प्रभु महालक्ष्मी लाइफको जेठ १६ गते बुक क्लोज हुँदैछ । बुक क्लोज भन्दा १ दिनअघिसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
यता, नेशनल लाइफले र लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल)ले बुक क्लोज मिति तय गरेका छैनन् । बुक क्लोज हुन बाँकी कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेसनल लाइफले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
दोस्रोमा, रिलायबल नेपालले १२।६३ प्रतिशत लाभांश दिने भएको छ । एलआइसीले १०।५३, प्रभु महालक्ष्मीले ८।४२ प्रतिशत र एनएलजीले २।६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।












