४५ वटा सार्वजनिक संस्थानको लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड, पौने ९ अबर्को लाभांश

१५ जेष्ठ २०८२, बिहीबार १५:४५

काठमाडौं । सरकारले ४५ वटा सार्वजनिक संस्थानमा ५।८६ प्रतिशतले लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड पुर्याएको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ। सरकारले गत आव २०८०र८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०८०(८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा ०।२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११।५७ प्रतिशत रहेको छ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९र८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०र८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको देखिएको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०र८१ मा २।४ प्रतिशत रहेको छ।

सरकारको मातहतमा सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्। आर्थिक वर्ष २०८०र८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२।८८ प्रतिशतले कम हो। नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११।५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८।६५ प्रतिशतले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*