रसुवा बाढीमा १५७ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी
११ भाद्र २०८३, बिहीबार ०६:२८

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी कम्तीमा १५७ जनाको ज्यान गएको छ भने आज पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्रहरीले दिएको भदौ १० गते राति ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार कम्तीमा १५७ जनाको ज्यान गएको हो।
नेपाल प्रहरीका अनुसार रसुवामा ३ वटा, नुवाकोटमा १३ वटा, धादिङमा २७ वटा, चितवनमा ६४ वटा, गोरखामा १९ वटा, तनहुँमा ९ वटा र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो।
बाढी पीडितको खोजी तथा उद्धार कार्यका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ। उद्धार गरिएका कम्तीमा ४१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। त्यसैगरी बाढीका कारण २८ जना प्रहरीहरू सम्पर्कविहीन रहेका छन्।









