ङादी र राधी लगानीकर्ताको रोजाइमा, अरू यी कम्पनीको भयो बढी कारोबार

१९ जेष्ठ २०८२, सोमबार १५:०४

काठमाडौं । लगातार चार दिनको बन्दपछि खुलेको नेप्सेमा आज ९ अर्ब २२ करोड ६३ लाख रूपैयाँको शेयर किनबेच भएको छ। जसमध्ये सर्वाधिक ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रूपैयाँको शेयर कारोबार भएको छ।

त्यसैगरी राधी विद्युतको ६५ करोड २ लाख, युनिभर्सल पावरको ५४ करोड १९ लाख, एचआईडीसीएलको ३७ करोड २९ लाख र बुटवल पावरको ३४ करोड ९८ लाख रूपैयाँको शेयर किनबेच भएको छ।

त्यस्तै सोल्टी होटलको ३३ करोड ३ लाख, एचआईडीसीएलको प्रोमोटर शेयरको ३२ करोड, एनआरएनको २५ करोड ५३ लाख, अरुण कावेलीको २३ करोड १६ लाख र कुमारी बैंकको १७ करोड ९१ लाख रूपैयाँबढीको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*