आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार
२० जेष्ठ २०८२, मंगलवार १५:०४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँ बढीको शेयर किनबेच भएको छ। जसमध्ये राधी विद्युतको सर्वाधिक ६० करोड १५ लाख रूपैयाँ बढीको शेयर खरीद बिक्री भएको छ।
त्यसैगरी युनिभर्सल पावरको ४१ करोड १५ लाख, ङादी ग्रुप पावरको ४० करोड ३० लाख, ओम मेगाश्री फर्मास्यूटिकल्सको २८ करोड ३३ लाख र बुटवल पावर कम्पनीको २० करोड ७७ लाख रूपैयाँ बढीको शेयर किनबेच भएको छ।
त्यस्तै आज अरुण काबेलीको १९ करोड ९४ लाख, एचआईडीसीएलको प्रोमोटर शेयरको १९ करोड ३५ लाख, सानिमा माइ हाइड्रोपावरको १६ करोड ८४ लाख एनआरएनको १५ करोड ६५ लाख र सोल्टी होटलको १३ करोड ५७ लाख रूपैयाँ बढीको शेयर कारोबार भएको छ।













