बजेटपछि किन बढ्न सकेन शेयर बजार ?
२० जेष्ठ २०८२, मंगलवार १५:०५

काठमाडौं । महिनौंदेखि सेयर बजार साइडवेजमा छ । सरकार तथा नियामकले लगातारजस्तो बजारमैत्री नीति ल्याउँदा पनि बजारमा त्यस्तो चमक देखिएको छैन । कुनै एउटा सेक्टरमा पनि राम्रोसँग बुलिस सेन्टिमेन्ट देखिएको छैन । यद्दपि, केही समूह १–२ दिन मज्जाले बढ्ने र विस्तारै घट्ने गरेको भने पाइन्छ । जस्तै, होटल्स तथा पर्यटन र लगानी समूहमा सोमबार वृद्धि भएको थियो ।
बजेटपछि बजार खुलेको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।
मंगलबार नेप्से ३५।०७ अंकले घट्दा २६५९।५९ को विन्दुमा कायम भएको छ।
३१५ सूचीकृत कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज दुई उपसूचक बाहेक सबैको घटेको छ ।
उत्पादनमूलक र म्युचुअल फण्ड बाहेक सबैको उपसूचकमा राताम्मे छाएको छ।












