बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
२१ जेष्ठ २०८२, बुधबार ०८:२२

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको छ।
अर्थात् कम्पनीको १० कित्ता साधारण शेयर हुने शेयरधनीले १० कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।












