हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२२ जेष्ठ २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेतापनि आज हाइड्रोपावर कम्पनीको शेयरममा लगानीकर्ता झुम्मिएका छन् ।
आज राधि विद्युत कम्पनीकोे सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ९१ करोड २३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, आज युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।













