छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ संकलन गर्नेछ।
हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।
यसमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हाल यस कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चु्क्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रूपैयाँ पुग्नेछ।












