हकप्रद निष्कासनका लागि पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति

२३ जेष्ठ २०८२, शुक्रबार ०७:४०

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।

यसर्थ असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएकाले यस कम्पनीको १० कित्ता साधारण शेयर हुनेले ५ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हालसम्म हकप्रद निष्कासनको मिति तय गरिसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*