हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
२५ जेष्ठ २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै हाइड्रोपावर बाहेक अन्य सम्पूर्ण इन्डेक्सहरु राताम्मे बन्न पुगेका छन् ।
आइतबार राधि विद्युथ कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको शेयरमा पछिल्ल्लो समय लगानीकर्ताहरुको लर्को लागेको छ ।
त्यस्तै, युनिभर्सल पावर कम्पनीको ६२ करोड २७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ४४ करोड ५१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।













