१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाट ?

काठमाडौं। सान्भि इनर्जी लिमिटेडको आइपीओ भोलि अर्थात सोमबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको आइपीओमा अन्तिमदिनसम्म २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १०.७१ गुणा बढी हो ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।
उक्त आइपीओमा २ लाख ४१ हजार ५३० जनाले मात्रै १०.१० कित्ताका दरले शेयर हात पार्नेछन् । जसमा १८ लाख ६६ हजारको हात रित्तो हुनेछ । केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।












