अकामा होटेलले आईपीओ जारी गर्ने
२६ जेष्ठ २०८२, सोमबार ०६:१४

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो असार १० गते धुम्बाराहीस्थित कम्पनीको आफ्नै रिजष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे विशेष साधारणसभा बोलाएको छ।
उक्त सभाले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने, कम्पनीको जारी पूँजी मध्येको संस्थापक समूहको शेयर पिम्रियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै कम्पनीको जारी पूँजी वृद्धि गर्ने र शेयर संरचना परिवर्तन सहित कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा आवश्यक संशोधन गर्नेछ।












