हिमालयन हाइड्रोपावरको लकइन अवधि असारमा सकिने
२६ जेष्ठ २०८२, सोमबार ०६:३५

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि आउँदो असार २७ गते सकिने भएको छ।
हाल यस कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर लकइनमा रहेको छ।
लकइन अवधि सकिएसँगै उक्त शेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेको कर्मचारीको हकमा भने नियमानुसार शेयर रोक्का रहनेछ।
कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।













