सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली?
२६ जेष्ठ २०८२, सोमबार १५:१५

काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीले आज सार्नजनिक गरेको आईपीओमा कुल २० लाख ४३ हजार २ सय ४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८ सय २० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये २० लाख ३० हजार १ सय ५७ जनाको आवेदनले मात्रै आइपीओ पाएकबा छन् ।
गोलाप्रथाबाट २ लाख ४१ हजार ५ सय ३० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन्। आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
कम्पनीले सर्वसाधारणको लागि २४ लाख १५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको थियो।














