अपर हेवाखोला हाइड्रोपावरको लकइन अवधि असार ३१ गते सकिने
२७ जेष्ठ २०८२, मंगलवार ०८:२६

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गते सकिने भएको छ।
हाल यस कम्पनीको संस्थापक शेयरधनीको ३० लाख कित्ता, कम्पनीका कर्मचारीको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको ५ लाख कित्ता शेयर लकइनमा रहेको छ।
लकइन अवधि सकिएपछि यी शेयरहरू कारोबार गर्न सकिनेछ। तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।













