रिलायन्स फाइनान्सको साधारणसभा आज, यसपटक पनि छैन लाभांश

२८ जेष्ठ २०८२, बुधबार ०६:२७

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।

अघिल्लो वर्ष शेयरधनीलाई कुनै लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि शेयरधनीको हात रित्तो पार्दै सभा बस्दैछ।

कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्ताव राखेको छ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुक क्लोज गरिसकेकोले जेठ १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

यस कम्पनीले पछिल्लो पटक तेह्रौं वार्षिक साधारणसभाबाट तत्काल कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश बाँडेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*