होटल गरिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

२८ जेष्ठ २०८२, बुधबार १३:००

काठमाडौं । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। होटल गरिमाका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एन्आइएमबि एस क्यापिटलका तर्फबाट डेप्यूटी सीईओ सचिन्द्र ढुङ्गानाले रोडम्यापका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार क्यापिटलले आईपीओ सम्बन्धी विषयमा कर्पारेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आवश्यक परामर्श र सहायता प्रदान गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*