नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
२९ जेष्ठ २०८२, बिहीबार ०७:०३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
हकप्रद निष्कासनका लागि भोलि जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन्।
यस कम्पनीले शुरूमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भने तापनि अहिले त्यसलाई संशोधन गरिसकेको छ। अब कम्पनीले १० बराबर ३.४७८३ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ।
कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म तय गरिसकेको छैन। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।













