दोर्दी खोलाको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

२९ जेष्ठ २०८२, बिहीबार ०७:३३

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ देखि जेठ २० गतेसम्म लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमा राखेको थियो। जसमध्ये लकइनमा रहेको संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारणको १ लाख ६५ हजार ९५३ कित्ता थियो भने लकइनमा नरहेको सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६७९ कित्ता थियो।

बाँडफाँडमा लकइनमा रहेको शेयरको बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २६५ रुपैयाँ र लकइनमा नरहेको शेयरको अन्तिम मूल्य २७० रुपैयाँ प्रतिकित्ता कायम भएको कम्पनीले जनाएको छ।

यसैलाई आधार मानेर जेठ २८ गते शेयर बाँडफाँड भएको थियो। बाँडफाँडमा नपरेको शेयरको रकम भोलिदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ।

लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता शेयर बाँडफाँडमा नपरेकाले पुनः लिलामी प्रक्रियाबाट बिक्री गरिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*