सुनापति गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, आम नागरिक, किसान, शिक्षक लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रकमको सभाध्यक्षता नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जन, प्रमुख अतिथि सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, विशेष अतिथि सोही गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, अतिथिमा सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश कृष्ठा श्रेष्ठ, जनप्रतिनिधिहरु, महिला समुह, सर्वसधारण लगायतको सहभागिता थियो ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले स्वागत मन्तव्यका साथै बीमाको परिचय, कृषि बीमा, जीवन बीमा लगायतका सन्दर्भमा प्रस्तुतीकरण दिएका थिए । साथै, गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले बीमा निकै आवश्यक रहेको, कृषि बीमाको प्रचुर सम्भावना रहेको, किबि बीमालेख आवश्यक रहेको र कार्यक्रम निकै उपयोगी रहेको भन्दै बीमा प्राधिकरणलाई धन्यावाद व्यक्त गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका उप निर्देशक महर्जनले कार्यक्रममा आएका विभिन्न प्रश्न र जिज्ञासा सम्बन्धि सम्पूर्ण उपस्थित रहेका नागरिकलाई उतर दिएका छन् । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक रोशन महासेठले सञ्चालन गरेका थिए ।













