झिनो अकंले घट्यो बजारः कारोबार समेत खुम्चियो, कुन लगानीकर्ताले कति गुमाए लगानी ?

३ असार २०८२, मंगलवार १५:०८

काठमाडौँ । पछिल्ला दुई दिनदेखि निरन्तर उकालो लागेको शेयर बजारमा आज भने घटेको छ । कारोबार रकम समेत खुम्चिन पुगेको हो । बजारमा झिनो सुधार भएसँगै केहि लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिदा आज बजार घटेको देखिएको छ ।

समग्र बजारमा तरलता अझै पर्याप्त रहेकाले बजारमा दीर्घकालीन रुपमा सकारात्मक सम्भावना कायमै रहेको छ । अर्कोतर्फ, बैंकिङ क्षेत्रमा ब्याजदर न्यून रहिरहँदा सेयर बजारप्रतिको आकर्षण यथावत देखिएको छ । शेयर धितो कर्जामा समेत माग उच्च देखिन थालेको छ भने आगामी मौद्रिक नीतिले सहज नीति ल्याउने अपेक्षा अझै बलियो छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५९ अकंले घटेर २६५६.०६ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.३३ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

मंगलबार ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*