स्यार्पु पावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

४ असार २०८२, बुधबार ०६:५३

काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि यही असार २६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे छैटौं वार्षिक साधारणसभा बोलाएको छ।

यस कम्पनीको रजिष्टर्ड कार्यालय रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको छ।

सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने, आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको उपयोग गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संशोधनपछि कायम हुने जगेडा शेयर बिक्री गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गििरएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*