शेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा नयाँ रेकर्ड कायम

४ असार २०८२, बुधबार १४:२७

काठमाडौं । शेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा नयाँ रेकर्ड कायम भएको छ ।

चालु आर्थिक बर्ष २०८१–८२ को जेठ मसान्तसम्ममा १५ अर्ब ३० करोड ९८ लाख ९५ हजार रुपैयाा पुँजीगत लाभकर उठेको सिडिएस एन्ड क्लियरिङको तथ्याङ्कले देखाएको छ।

यस तथ्यांकमा असार महिनाको शेयर कारोबारबाट संकलन हुने पुँजीगत लाभकरको विवरण समावेश भएको छैन । सो आधारमा पनि यो बर्षकै उच्च देखिएको छ।

यसअघि आव २०७७–७८ मा १४ अर्ब १३ करोड ६१ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । चालु आवको ११ महिनामा त्यो भन्दा धेरै १५ अर्ब ३१ करोड रुपियाँ हारहारीमा कर संकलन भएर नयाँ रहेर्ड कायम भएको हो ।

तथ्यांकअनुसार आव २०७६–७७ मा ९८ करोड ५२ लाख ८६ हजार, आव २०७७–७८ मा १४ अर्ब १३ करोड ६१ लाख र आव २०७८–७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपियाँ यस्तो कर उठेको थियो ।अघिल्लो आव २०७९–८० मा दुई अर्ब ९७ करोड पाँच लाख ८९ हजार रुपियाँ पूँजीगत लाभकर उठेको थियो । गत आवमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । शेयर कारोबारमा भएको नाफाबाट लगानीकर्ताहरुले जेठ महिनामा सरकारलाई सो बराबरको पूँजीगत लाभकर तिरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*