सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने
४ असार २०८२, बुधबार १५:३८

काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो ।
कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव सभामा पेस गर्ने निर्णय गरेको हो ।












