यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?
५ असार २०८२, बिहीबार ११:०६

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
1750308629933












