दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

९ असार २०८२, सोमबार ०६:४१

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा आज पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेदेखि बस्दैछ।

कम्पनीले यसअघि जेठ २२ गते साधारणसभा बोलाएकोमा गणपूरक संख्या नपुगेर स्थगित भएको थियो।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन भने चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन र यसका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्य एजेण्डा रहेको छ।

त्यस्तै समान उद्देश्य भएका अन्य कम्पनीसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्नेछ।

यसका साथै अघिल्लो दुई आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आवको लेखा परीक्षकको नियुक्ति अनुमोदन गर्ने र सञ्चालक समितिको पदपूर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने एजेण्डा रहेको छ।

सभा प्रयोजनार्थ कम्पनीले यसअघि नै जेठ ८ गते बुक क्लोज गरिसकेकाले जेठ ७ गतेसम्म कायम शेयरधनी भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*