हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री
९ असार २०८२, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६९ अंकले बढेर २६०३ को बिन्दुमा कायम भएको छ ।
आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ५२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको ४२ करोड १७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३३ करोड ६० लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको २८ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।













