सोमबार यी १० कम्पनीका लागानीकर्ताले सर्वाधिक कमाए
९ असार २०८२, सोमबार १५:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६९ अंकले बढेर २६०३ को बिन्दुमा कायम भएको छ ।
आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पञ्चकन्या माई हाइड्रोपावरको ९.४२ प्रतिशत, बरुण हाइड्रोपावरको ५.२७ प्रतिशत, पाँचथर पावरको ५.१८ प्रतिशत, राधि विद्युत कम्पनीको ४.८६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













