प्रतिकित्ता १०० रुपैयाँमै शेयर बेच्दै दोर्दी खोला, सबैले किन्न पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यसअघि लिलामीमा राख्दा समेत बाँकी बसेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर पुनः लिलामीमा राख्ने भएको छ।
कम्पनीले शेयर खरीद गर्न इच्छुक सबैले आवेदन दिन मिल्ने गरी लिलामीमा राख्न लागेको हो। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यो लकइनमा नरहेको सर्वसाधारण समूहतर्फको शेयर हो।
शेयर खरीदका लागि आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
यसमा यही असार २४ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति असार ३२ गते रहेको छ।
बोलपत्र फाराम सानिमा क्यापिटल लिमिटेडको नक्साल, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर शाखा कार्यालयका साथै गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयमा पाइने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले लिलामी शेयरको बाँडफाँड गर्दा लकइनमा नरहेको शेयरको कट अफ प्राइस २७० रुपैयाँ कायम भएको थियो।














Bidesma hunele kasari process garne hola dordiko share kinna
रामेछाप बाट दिन मिल्दैन सर