झिनो अंकले बढ्यो पुँजी बजार, खुम्चियो कारोबार
१० असार २०८२, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १.९८ अंकले बृद्धि भएर २६०१.८४ को बिन्दुकम कायम भएको छ ।
मंगलबार कारोबार भएका ३१६ वटा कम्पनीहरुको एक करोड ३८ लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री भएर पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ्ग, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स लगायतका इन्डेक्सहरुमा हरियाली छाएको छ । यसदिन कारोबार भएका १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ वटाको शेयरमूल्य घटेको छ ।
बुटवल पावर कम्पनीको सबैभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, आज ओम मेगाश्री फर्मास्युटीकल्सको सर्वाधिक शेयरमूल्य बृद्धि भएको छ ।












