श्वेत–गंगा हाइड्रोपावरको लकइन अवधि साउनमा सकिने

११ असार २०८२, बुधबार ०७:१९

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन १७ गते सकिने भएको छ।

कम्पनीको संस्थापकतर्फको ७३ लाख कित्ता, कर्मचारीतर्फको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १५ लाख ९३ हजार कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

संस्थापक समूह अन्तर्गतको विदेशी लगानीकर्ता कम्पनी डोल्मा इम्प्याक्ट फण्ड–आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि भने २०८० फागुन २ गतेनै समाप्त भएको कम्पनीले जनाएको छ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको शेयर लकइनमा राख्ने प्रावधान छ।

लकइन अवधि सकिएसँगै उल्लेखित शेयरहरू खरीद–बिक्री गर्न सकिनेछ। तर सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीले भने कारोबार गर्न नपाउने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*