हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
११ असार २०८२, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ ।
आज बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५३ करोड ९४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ३६ करोड १६ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको २४ करोड ८९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको २० करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














