श्वेतगंगा हाइड्रोपावरको संस्थापक शेयरको ‘लक-इन’ अवधि साउन १७ मा समाप्त हुँदै
१२ असार २०८२, बिहीबार १०:५१

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडका संस्थापक, कर्मचारी तथा स्थानीयवासीले पाएको शेयर अब शेयर बजारमा कारोबार गर्न योग्य हुने भएका छन् । साउन १७ गतेपछि उनीहरुले होल्ड गरेको सेयरमा रहेको ‘लक-इन’ अवधि समाप्त हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गरेपछि कम्पनी ऐनअनुसार तीन वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीयलाई बाँडिएको सेयर निष्क्रिय अवस्थामा राख्नुपर्ने प्रावधान लागू भएको थियो । सो प्रावधान अनुसार हालसम्म ती सेयरहरू कारोबार गर्न नपाइने अवस्थामा थिए ।
कुल ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता स्थानीयलाई बाँडिएको सेयर र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारी सेयर यो अवधिमा रहेका छन् । अब यी सबै सेयर साउन १७ पछि नेप्सेमा कारोबार योग्य हुनेछन् ।












