उर्जा क्षेत्रमा झुम्मिए लगानीकर्ता, आज यी १० हाइड्रोपावरको सर्वाधिक कारोबार
१५ असार २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ९ अंकले बृद्धि भएर २६२५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै कारोबारमा पनि रौनकता छाएको छ । आज शाहस उर्जा लिमिटेडको ५७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै, यसदिन बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको २४ करोड ३३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २३ करोड ४१ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको २१ करोड २८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।













