बझाङको बुङ्गल हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति
१५ असार २०८२, आईतवार १८:२१

काठमाडौँ । बुङ्गल हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइतवार आइपीओ निष्कासनको अनुमति दिएको हो ।
कुल ८३ लाख कित्ता शेयरमध्ये ३५ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो । २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुनेछ ।
अंकित मूल्य १०० रुपैयाँ दरले कम्पनीले शेयर जारी गर्ने छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको अपर सानिगढ जलविद्युत् आयोजना बनाँदैछ ।












