तेह्रथुम पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यसमा नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा र नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयकाबाट पनि आवेदन दिन सकिनेछ।













