सोमबार यी हाइड्रो र लघुवित्तका लगानीकर्ता भए मालामाल

१६ असार २०८२, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.९९ अंकले बृद्धि भएर २६३४.२७ को बिन्दुमा कायम भएको छ ।

बजार बढेसँगै सोमबार हाइड्रोपावर र लघुवित्तका लगानीकर्ताहरु मालामाल बनेका छन् । यसदिन राप्ति हाइड्रो एण्ड जनरलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक लगायतका कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*