नेप्सेमा एक हाइड्रोपावरको १ लाख ७७ हजार कित्ता बोनस शेयर सूचीकृत
१७ असार २०८२, मंगलवार १५:४५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे १ लाख कित्ता बोनश शेयर सूचीकृत भएको छ । मंगलबार, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ४ प्रतिशतले हुन आउने कुल १ लाख ७७ हजार २४० कित्ता बोनश शेयर सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।












