हकप्रद निष्कासनका लागि खानी खोला हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति

१८ असार २०८२, बुधबार ०७:३४

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निकट भविष्यमा निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरका लागि यही असार २७ गते बुक क्लोज गर्ने भएको छ।

बुक क्लोजको आधारमा असार २६ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनीहरूले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

यसअनुसार कम्पनीले अब छिट्टै ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपात अर्थात् १ कित्ता साधारण शेयर हुनेले १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन पाउने गरी निष्कासन गर्नेछ।

यद्यपि कम्पनीले हालसम्म हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*