हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक शेयर कारोबार
१८ असार २०८२, बुधबार १५:०४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.६० अंकले बढेर २६९५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५५ करोड ३६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, शाहस उर्जाको ४९ करोड १९ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













