विकास हाइड्रोपावरको आइपीओमा पहिले दिनमै कति पर्यो आवेदन ?
१८ असार २०८२, बुधबार २१:३३

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । आज ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले बुधबारदेखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आवेदन दिएका हुन् ।












